जिन्दगी ! Brijesh Upreti

Brijesh Upreti

जिन्दगी!

कतै सरल र सिदा जिन्दगी छ 
कतै उदास अनि ब्याकुल जिन्दगि छ 
कतै खाली खाली जिन्दगी छ 

कतै प्राण भन्दा प्यारो जिन्दगी छ 
कतै मह भन्दा गुलियो जिन्दगी छ 

कहिले हसाउने कहिले रुवाउने 
कतै त सताब्दी बाच्ने जिन्दगी छ 

कहिले थप्पड मार्ने रात हरु 
कहिले एक्लै रोइरहने 
कहिले मुस्कान दिरहने 

कहिले कोमल त कहिले कठोर 
कहिले हलुका त कहिले भारी
आखिर यो सबै जिन्दगी एस्तै छ 

कतै निरन्तर जान मात्र छ 
कतै थाकेर रोकिन छ 
कतै लडेर मर्न छ 
कतै उठेर अगाडी बढ्न छ 

कहिले अधुरो त कहिले पुरा 
कतै त आधा मात्र जिन्दगी छ 

कतै मिठो त कतै तितो  जिन्दगी छ 
आखिर यो सब कस्तो जिन्दगी छ
Brijesh Upreti


Post a Comment

4 Comments

  1. wah wah wah.......आखिर यो सब कस्तो जिन्दगी छ!!!

    ReplyDelete
  2. आहा कति राम्रो श्रृजना, आगामी दिनहरूमा यस्तै राम्रा मर्म बोकेका श्रृजनाको अपेक्षा रहनेछ 🙏😍

    ReplyDelete

Comments

close