जिन्दगी!
कतै सरल र सिदा जिन्दगी छ
कतै उदास अनि ब्याकुल जिन्दगि छ
कतै खाली खाली जिन्दगी छ
कतै प्राण भन्दा प्यारो जिन्दगी छ
कतै मह भन्दा गुलियो जिन्दगी छ
कहिले हसाउने कहिले रुवाउने
कतै त सताब्दी बाच्ने जिन्दगी छ
कहिले थप्पड मार्ने रात हरु
कहिले एक्लै रोइरहने
कहिले मुस्कान दिरहने
कहिले कोमल त कहिले कठोर
कहिले हलुका त कहिले भारी
आखिर यो सबै जिन्दगी एस्तै छ
कतै निरन्तर जान मात्र छ
कतै थाकेर रोकिन छ
कतै लडेर मर्न छ
कतै उठेर अगाडी बढ्न छ
कहिले अधुरो त कहिले पुरा
कतै त आधा मात्र जिन्दगी छ
कतै मिठो त कतै तितो जिन्दगी छ
आखिर यो सब कस्तो जिन्दगी छ
✍ Brijesh Upreti
4 Comments
wah wah wah.......आखिर यो सब कस्तो जिन्दगी छ!!!
ReplyDeleteआहा कति राम्रो श्रृजना, आगामी दिनहरूमा यस्तै राम्रा मर्म बोकेका श्रृजनाको अपेक्षा रहनेछ 🙏😍
ReplyDeletewahh
ReplyDeletewah wah wah wahh
ReplyDelete