Career opprtunity at Nepal Rastra Bank || Business Partner Nepal

JOB VACANCY NOTICE
नेपाल राष्ट्र बैंक
जनशक्ति व्यवस्थापन विभाग अनलाईन (Online) दरखास्त फाराम भर्ने सम्बन्धी सूचना 
यस बैंकमा रिक्त रहेका निम्न पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७९/०५/१७ देखि अनलाईन (Online) दरखास्त फाराम भर्न आह्वान गरिएको छ । बैंकले तोकेको अनलाईन (Online) फाराममा भर्नु पर्ने सम्पूर्ण विवरण भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा सम्वन्धित निकाय/संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो Scan / Attach गरी तोकिएको दस्तुर तिरी मिति २०७९/०६/०६ सम्मदोब्बर दस्तुर तिरी मिति २०७९/०६/१३ सम्म अनलाईन (Online) दरखास्त पेश गर्नु पर्नेछ । (मिति २०७९/०६/०६ भन्दा अगाडि जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र (समकक्षता आवश्यक पर्नेमा सो समेत) मात्र मान्य हुनेछ ) । म्याद भित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । झट्टा विवरण उल्लेख गरी अनलाईन (Online) दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनु पर्नेछ ।
सहायक निर्देशक १०/२०७९ (प्रशासन)(अधिकृत तृतीय): 18
सहायक निर्देशक विज्ञापन नं. १०/२०७९ पदको लागि : मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सहायक निर्देशक (११/२०७९ ) प्राविधिक - (अधिकृत तृतीय) (सू. प्र.) IT/cyber security: 1
सहायक निर्देशक (IT/cyber security) विज्ञापन नं. ११/२०७९ पदको लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

सहायक १२/२०७९ (प्रशासन) (सहायक द्वितीय): 24 
सहायक (सहायक द्वितीय) विज्ञापन नं. १२/२०७९ पदको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

१. आवश्यक न्यूनतम शैक्षिक योग्यता :
(क) सहायक निर्देशक विज्ञापन नं. १०/२०७९ पदको लागि : मान्यताप्राप्त विश्वविद्यालयबाट
अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
(ख) सहायक निर्देशक (IT/cyber security) विज्ञापन नं. ११/२०७९ पदको लागि : मान्यताप्राप्त
शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा
स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। 
(ग) सहायक (सहायक द्वितीय) विज्ञापन नं. १२/२०७९ पदको लागि : मान्यता प्राप्त शिक्षण
संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । 
२. समावेशीताको आधार :- समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरुले आदिवासी/जनजाति,
मधेशी, दलित, अपाङ्ग र पि.क्षे.को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश
गर्नु पर्नेछ। 
३. तलब भत्ता तथा सुविधा :- बैंकको नियमानुसार हुनेछ । 
४. उम्मेदवारको उमेर :(क) सहायक निर्देशक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०७९/०६/०६) सम्ममा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।
Full Notice:



Post a Comment

0 Comments

Comments

close