अग्रिम कर कट्टि (Tax Deducted at Source, TDS) के हाे , किन र कसरि गरीन्छ ? (Business Partner Nepal)

 अग्रिम कर कट्टि (Tax Deducted at Source, TDS) के हाे , किन र कसरि गरीन्छ ?

https://getdailybuzz.com/wp-content/uploads/2020/04/TDS-full-form.jpg

 अग्रिम कर कट्टी भनेको के हो ?

आयकर ऐनले केही तोकिएका भुक्तानीमा भुक्तानी गर्दाका बखत निश्चित दरमा अग्रिम रुपमा कर कट्टी गर्नुपर्ने व्यवस्था गरेको छ जसलाई अग्रिम कर कट्टि (TDS) भनिन्छ । यो Pay as You Earn भन्ने सिद्धान्तमा आधारित छ । करदाताको कर भुक्तानी र सरकारको कर संकलन लागत घटाउन यस्तो प्रणाली अपनाउने गरिन्छ ।

 अग्रिम कर कट्टी कुन कुन भुक्तानीमा गर्नुपर्छ ?

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा उल्लेख भए अनुसार पारिश्रमिक तथा भत्ता         (रोजगारीको आय), बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको व्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा विक्री वोनस, अवकाश भुक्तानी र अन्य कुनै प्रतिफल लाभांश, लगानी बीमाको लाभ, ठेक्का वा करार वापत ५० हजार रुपैयाभन्दा बढीको रकम भुक्तानी, वासिन्दा निकायमा रहेको हितको निसर्गबाट प्राप्त लाभ, भाडा, गैर बासिन्दा बीमा कम्पनिलाई गरिने प्रिमियम भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

 अग्रिम कर कट्टी कसले गर्नुपर्दछ ?

अग्रीम कर कट्टी गर्नुपर्ने कुनै पनि भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

अग्रिम कर कट्टी गर्न छुट भएमा सो को जिम्मेवार व्यक्ति भुक्तानी दिने र लिने मध्ये को हुन्छ ?

अग्रिम कर कट्टी गर्न छुट भएमा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुबैजना संयुक्त रुपमा र छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुन्छन् ।

अग्रिम कर कट्टी कहिले गर्नुपर्छ ?

अग्रिम कर कट्टी भुक्तानी गर्दाका बखत वा खर्च लेख्दाका बखत गर्नुपर्दछ ।

 अग्रिम कर कट्टी गरेको रकम मिलान गर्न पाइन्छ पाइदैन ?

अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेक अन्य अग्रिम कर कट्टीको रकम आय विवरण साथ दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्न  पाइन्छ ।

 अग्रिम कर कट्टी रकम मिलान गर्न कुनै वर्ष छुट भए पछिल्लो वर्षमा मिलान गर्न पाइन्छ वा पाइदैन ?

अग्रिम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नु पर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्छ । अग्रीम कर कट्टी भएको कर रकम मिलान गर्न कुनै वर्ष छुट भए पछिल्लो वर्षमा मिलान गर्न  पाइदैन । अन्य कर दायित्व चुक्ता गरेर बढी दाखिला गरेको अग्रिम कर फिर्ता माग गर्न वा आगामी आ.व. मा तिर्नुपर्ने कर रकममा मिलान गर्न पाईन्छ ।

अग्रिम कर कट्टी गरेको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ?

भुक्तानीकर्ताले अग्रिम कर कट्टी गरेको रकम तोकिएको बैंकमा वा कार्यालयमा सम्बन्धित राजस्व शीर्षकमा दाखिला गरी सो को विवरण र राजस्व दाखिलाको जानकारी आफूले स्थायी लेखा नम्बर लिएको कार्यालय वा भुक्तानी स्थलबाट नजिकको/सम्बद्ध  रहेको  आन्तरिक राजस्व कार्यालयमा भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नुपर्छ ।

अग्रिम कर कट्टी रकम दाखिला गर्दा विवरण पेश गर्नु पर्छ पर्दैन ?

अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुनेको विवरण आन्तरिक राजस्व  विभागको मातहतका सम्बन्धित कार्यालयहरुमा दिनु पर्दछ । यस्तो विवरण र रकम संयुक्त रुपमा वा छुट्टा–छुट्टै पेश गर्न सकिन्छ ।

INTERNET बाट अग्रिम कर कट्टी सम्बन्धी विवरण बुझाउने सुविधा छ छैन ? E-TDS गरेमा सो प्रमाणित कहाँबाट हुन्छ ?

इन्टरनेटबाट पनि अग्रिम कर कट्टी विवरण बुझाउने सुविधा छ । सोका लागि पहिलो एक पटक सम्बन्धित कार्यालयबाट गोप्य संकेत (Password) प्राप्त गर्नुपर्दछ । e-TDS गरेमा सम्बन्धित कार्यालयबाट प्रमाणित गराउनु पर्दछ ।


Post a Comment

2 Comments

  1. Why Do US Sports Betting Sites Not Offer The Best Betting
    US sports betting 제왕카지노 가입 is legal, and sports betting is 메리트 카지노 쇼미더벳 legalized in a number of states across the 카지노 사이트 유니벳 US. Some states have legalized online sports 나비효과 betting, but the 오래된 토토 사이트

    ReplyDelete
  2. A cellular on line casino is also be|can be} available to those that want to play by way of 1xbet their smartphone or tablet. Your live on line casino history is saved, so you can to|you possibly can} all the time examine the info in your earlier live on line casino classes, e.g. games played, value of bets, wins and losses, and extra. This is great for statistically inclined gamblers who want to detect patterns. Maybe you can see out that you're much more profitable over time on blackjack than the roulette, or that low-stakes blackjack retains your head calmer and your actions sounder than high-stakes. Pinnacle Sports has launched sports and esports betting in the regulated Ontario market following its approval from the Alcohol and Gaming Commission of Ontario .

    ReplyDelete

Comments

close