नेपाल ग्रामिण विकासको लिलामीको संस्थापक सेयर १९ जनालाई वितरण (Nepal Grameen Bikash Bank Limited- NGBBL)

निर्धन उत्थान लघुवित्त (NUBL) ले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण विकास (NGBBL) को एक लाख ४५ हजार ५७२ कित्ता लिलामीको संस्थापक सेयर बुधबार बाँडफाँड गरेको छ ।


 सेयरको विक्री प्रबन्धकको काम गरेको एनआइएबिएल क्यापिटलले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार २२० रुपैयाँ कट अफ मूल्य निर्धारण भएको छ । २२० रुपैयाँ आवेदन गर्नेले समानुपातिक रुपमा मात्र सेयर पाउने र २२१ रुपैयाँमा शिलबन्दी बोलपत्र पेश गर्ने आवेदकले मागे अनुसार नै सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

संस्थापक सेयरका लागि आवेदन दिएका ५६ जना आवेदकमध्ये १९ जनाले सेयर प्राप्त गरेको क्यापिटलले जनाएको हाे । संस्थापक सेयरका लागि अधिकतम ३६२ रूपैयाँ सम्मकाे अावेदन परेकाे थियाे । निर्धन उत्थानले यस लिलामीबाट झण्डै चार कराेड रूपैयाँ  कमाएकाे छ ।

निर्धनले यसअघि ग्रामिण बिकास बैकको संस्थापक सेयर ३०० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यमा आवेदन गर्न पाउने गरि ल्याईएकोमा ४६ हजार मात्र विक्री भएपछि पुन मंसिर १२ गतेदेखि एक सय रुपैयाँ घटाएर न्यूनतम प्रतिकित्ता २०० रुपैयाँमा लिलामी विक्रीमा ल्याएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्रामीण विकासले एक करोड ८० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ९६ रुपैयाँ कायम गरेको छ । नेपाल ग्रामीणकाे साधारणा सेयर विहीबार प्रतिकित्ता  ७५१ रूपैयाँमा काराेबार भएकाे छ ।

Post a Comment

0 Comments

Comments

close