बैंक अफ काठमाण्डूको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयरमा अावेदन गर्ने आज अन्तिम दिन (Bank Of Kathmandu-Auction)

बैंक अफ काठमान्डूले मंसिर २२ गते शुक्रबारदेखि लिलामी खुला गरेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन रहेको छ ।

बैंकले संस्थापक सेयर लिलामीका लागि बीओकेले नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल तथा बैंक अफ काठमाण्डूको केन्द्रीय कार्यालय कमलपोखरी र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन् ।



बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ ४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले अब प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा लिलामी भर्नुपर्नेछ । बीओकेको लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकले धितोपत्र बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेपनि प्रिमियम मूल्य नराखी एक सय रुपैयाँ फेस भ्यालुमा बोलकबोलमा बिक्री गर्न निर्देशन दिएपछि सोही अनुसार लिलामीमा ल्याएको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार सात सय रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले एफपीओ विक्री तथा गत आर्थिक बर्षको बोनस सेयरबाट आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले २२ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

Post a Comment

0 Comments

Comments

close