आन्तरिक राजस्व कार्यालयले माग्यो आर्थिक वर्ष-२०७७/०७८ को लागि सुझाव || Business Partner Nepal.

१५ चैत, काठमाडौं।

आगामी आर्थिक वर्ष-२०७७/०७८ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा राजस्व नीति, मूल्य अभिवृद्धि कर, आयकर, अन्त:शुल्क तथा राजस्व चुहावट नियन्त्रणको साथै समग्र कर प्रसासनको सुधारका सम्बन्धमा आफ्ना सुझाबहरु मिति २०७७ बैशाख १० गते समम्मा उपलब्ध गरिदिनुहुन सम्बन्धित संघ-सस्था, सरकारी निकाय, बुद्धिजिवीहरु एवं सरोकार राख्ने सबैमा राजस्व उपसमितिको हार्दिक अनुरोध गर्दछ। 

सुझावहरु देहायका ठेगानाहरुमा पठाउन सकिनेछ:-
१. राजस्व परामर्श समिति, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं ।
  फ्याक्स: ४२११७५९, e-mail: rmd@mof.gov.np

२. विषयगत सुझावहरु राजस्व परामर्श समितिमा वा देहायका विषयगत उपसमितिहरुमा समेत पठाउन सकिनेछ ।
  क) आन्तरिक राजस्व उपसमिति:-
 आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं; फ्याक्स: ४४११७८८ , e-mail: policyird@ird.gov.np
   ख) उद्योग,वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति:-
  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं फ्याक्स: ४२११६१९,४२१११६७,e-mail: info@moics.gov.np
   ग) भन्सार उपसमिति:-
   भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं;फ्याक्स: ४२५९८०८ , e-mail: tariiff@customs.gov.np
   घ) राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति:-
  राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर; फ्याक्स: ५५४२०२३ , e-mail: info@dri.gov.np
   ङ) कृषि, उर्जा, पर्यटन तथा अन्य आर्थिक क्षेत्र उप-समिति:-
   राष्ट्रिय योजना आयोग, आर्थिक व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौ;फ्याक्स:४२११७००,
    email : krkoirala@nepal.gov.np
   च) बैंक, वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजी बजारउप-समिति:-
  अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा,सिंहदरबार, काठमाडौ; फ्याक्स: ४२११३०६, e-mail: fsmd@mof.gov.np
   छ) गैर कर उप-समिति:-
   अर्थ मन्त्रालय, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा सिंहदरबार, काठमाडौ; फ्याक्स:४२११४६८,
e-mail:moev@mof.gov.np
  झ) अन्तर सरकारी राजस्व व्यवस्थापन उप-समिति:-
     राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सिंहदरबार,काठमाण्डौं;e-mail: info@nnrfc.gov.np
  ट) राजस्व ऐन,नियम तथा प्रशासनिक सुधार उपसमिति:-
   अर्थ मन्त्रालय कानून तथा फैसला कार्यान्वयन महाशाखा;फ्याक्स:४२११७५९,e-mail:lacd@mof.gov.np

३ . अर्थ मन्त्रालय अन्तर्गतका सम्बन्धित विभाग वा कार्यालयहरु ।

आन्तरिक राजस्व विभाग
अर्थ मन्त्रालय


Post a Comment

0 Comments

Comments

close