नेपालका विश्व विद्यालय र सो संग आबद्ध सरकारी र निजी कलेजको हरी-बिजोग || RUDRA PANDEY

नेपालका बिस्व विद्यालय र सोसंग आबद्ध सरकारी र निजी कलेजको हरी-बिजोग! 

तर कुनै पार्टीका नेता यो दर्दनाक स्थितिको बारेमा चूं समेत गर्दैनन्।

स्थिति कसरी यो हालतमा पुग्यो त ? 

१. नेपालमा नांग्लो पसल जस्तो खुलेका थोत्रा पानी आन्द्रे बिदेशी बिस्व विद्यालयसंग आबद्ध ५० भन्दा बढी कलेजले +२ को रिज़ल्ट आउनु भन्दा अगाड़ी नै विद्यार्थी भर्ना गरी सके। TU, KU, PU आदि अझै कपाल कन्याउदै छन्। यी विदेशी कलेजलाई कोटा सोटा केही लाग्दैन। भेड़ा बाख्रा जस्तो एउटा क्लासमा जती कोचे पनि हुन्छ। जाँच पनि नाटक मात्र हो। १००% पास। अनि नेपालीको जात विदेशी भने पछि गु लाई गहूँ ठान्ने। सबै यी कलेजमा ओहिरिए। 

२. दुई-तिहाई जति +२ सकेका विद्यार्थी या त बिदेश तिर हिडे, या नेपालका बिदेशी कलेज तीर घुसे। TU आदि अझ प्रवेश परिक्षाको सूचना निकाल्दै छन्। कोटा भन्दा कम बिद्यार्थी बाँकी छन्, प्रवेश परिक्षाको नाटक चै किन हो ? +२ को रिज़ल्टको आधारमा भर्ना ले हुन्न ? बुद्धि मरू, छु गरू ? 

३. TU, KU आदिको ढिला-सुस्ती र लापरबाहीले नेपालको उच्च शिक्षा ध्वस्त भो। हरेक वर्ष झन झन बिग्रदो छ। सरकार मौन छ। शिक्षा मंत्रालयका कर्मचारी धमाधम घुस खाएर बिदेशी कलेज खोलने इजाज़त बांडी रहेका छन्। अभिभावकहरूलाई नेपालमा खुलेका विदेशी कलेजको गुणस्तर बर्बाद छ भन्ने अत्तो पत्तो छैन। बिना पढ़ाइ पास हूने विदेशी कलेजमा जान पाउदा छोरा-छोरी पनि दंग। देशको भविष्य ध्वस्त भाको कसैलाई मतलब छैन। 

नेपालका बिस्व विद्यालयमा आबद्ध कलेजहरु बिद्यार्थी नपाएर बन्द हुने हालतमा पूगेका छन्। सरकारी कलेज त ख़ाली जस्तै नै भै सके। नेपालमा दुईं प्रणाली छ — विदेशी कलेजलाई कुनै नियम क़ानून लाग्दैन र नेपाली कलेजहरू TU आदिको आदेश बिना सास फेर्न पनि पाउदैनन्। विदेशी कलेजमा गुणस्तरको कुनै निगरानी छैन। नेपालसम्म आएर आफ़नो सर्टिफिकेट बेचने विदेशी बिस्व विद्यालय कुन स्तर र तालका होलान्? आफ़ै बुझनु होस्। 

नेपालका नेताको ध्यानाकर्षण होस्। इण्डिया र चीनलाई हेरे हुन्छ। के उनीहरुले विदेशी थोत्रा बिस्व विद्यालयलाई आफनो देशमा सर्टिफिकेट बेचने इजाजत देका छन्।देश भित्र दिइने उच्च शिक्षामा आफ्नै देशको मौलिकता र गुणस्तर हुन पर्छ। आफ़ना छोरा-छोरी विदेश पठाएका नेताको लागी नेपालको उच्च शिक्षा जाए भाड़मे। उनीहरु त आफ़ना कार्यकर्तालाई बिदेशी कलेज खोलने लाइसेन्स दिलाउनमा पो बरु व्यस्त छन्।


Post a Comment

0 Comments

Comments

close