Notice Published by Inland revenue department (IRD), extension of time for filing and payment of Tax. || Business Partner Nepal.

आन्तरिक राजस्व विभागको कर विवरण तथा कर दाखिला गर्ने म्याद थप सम्बन्धी सूचना !



कोभिड -१९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार देहाय बमोजिम कर विवरण तथा कर दाखिला गर्ने म्याद थप भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

१. मूल्य अभिवृद्धि कर ऐन, २०५२ वमोजिम संवत् २०७७ साल चैत र संवत् २०७८ वैशाख महिनाको मासिक तथा संवत् २०७७ चैत - संवत् २०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ सम्म,

२. आयकर ऐन, २०५८ बमोजिम संवत् २०७७ साल चैत र संवत् २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रीम करकट्टी __ भएको रकम र सो को विवरण बुझाउने म्याद संवत् २०७८ साल असार २५ सम्म,

 

३. अन्तःशुल्क ऐन, २०५८ बमोजिम संवत् २०७७ चैत र संवत् २०७८ वैशाख महिनाको बुझाउनु पर्ने अन्तःशुल्क विवरण ___तथा सो विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ सम्म,

४. संवत् २०७७ साल चैत र संवत् २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ सम्म ।

मिति २०७८।३।२ (June 16, 2021)

सूचना अधिकारी


Post a Comment

1 Comments

  1. Win on Roulette by Casino: 20% Welcome Bonus - JT Hub
    Play Roulette online with the 밀양 출장마사지 best software. Best online 충청남도 출장마사지 casino 계룡 출장안마 bonus from our friends at JMT Hub! 포항 출장안마 Your one stop online with online 양산 출장마사지 casino games!

    ReplyDelete

Comments

close