अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे को नै आबश्यकता किन ?

सुरेन्द्र प्रसाद पाण्डेको जन्म वि.स. २०१७ साल धादिङ जिल्लाको तत्कालीन गजुरी गा.वि.स. वडा न. ०८ छेपाङमा भएको थियो अहिलेको गजुरी गाउँपालिका । आमा मनमाया पाण्डे र बुवा नेत्रप्रसाद पाण्डेको माइला छोराको रुपमा पाण्डेको जन्मभयो । परिवारमा लाउन खान पुग्नेनै थियो । वि.स. २०३० साल देखिनै राजनीतिमा सक्रिय भैसक्नुभएको थियो । त्यतिनै बेला २०३१ सालमा सिक्किममा विद्यार्थी आन्दोलन चर्किएको थियो र त्यसले उहालाइ
राजनीतिमा प्रबेश गर्न उत्प्रेरित गर्याे। फेरि उतिनै बेला २०३१/२०३२ को विद्यार्थी आन्दोलनमा सक्रिय रहनुभयो । परिवारको जेठो दाजु राजेन्द्र प्रसाद पाण्डे राजनीतिमा सक्रिय भैसक्नुभएको थियो । राजनीतिमा लाग्दालाग्दै तत्कालीन कोडिनेसन केन्द्र (कोके) को सम्पर्क भयो र भुमिगत राजनीतिमा सक्रिय रहनुभयो । केही समय शिक्षकको रुपमा समेत पाण्डेले काम गर्नुभयो । त्यतिबेला देखिनै निकै शालिन र भद्र हुनुहुन्थ्यो । शिक्षक पेसा छोडेर पाण्डे नेपाल बैंकको जागीर सुरुगर्नुभयो । बैंकमा जागिर गर्दा गर्दै scholarship मा  CA (Chartered Accountant) पढ्न विदेश प्रस्थान गर्ने तयारी थियो । मन निकै दोधारमा भयो पढने कि राजनीतिमा लाग्ने भन्ने । पाण्डे आफ्नो सोच भन्दापनि देशको व्यवस्था परिवर्तन गर्न भुमिगत राजनीतिमा सक्रिय हुनुभयो । नेपाल बैंककाे जागिर र CA (Chartered Accountant) पढ्ने इच्छा छाडेर पुर्णकालिन राजनीतिमा पाण्डे सक्रिय रहनुभयो । वि.स. २०४६ साल सम्म नेकपा मालेको जिम्मेवारि सम्हाल्नुभयो । बि.स २०४७ देखि २०७७ सम्म अहिले निरन्तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्यमा जिम्मेवारी समहाल्दै आउनुभएको छ । तत्कालीन नेकपा एमालेको स्थाइ कमिटी सदस्य । पार्टी एकता पछिपनी नेपाल कम्युनिस्ट पार्टीको स्थाइ कमिटीमा निरन्तर रहनुभएको छ । २०५४ सालमा पहिलोपटक रास्टृयसभाको सदस्य रूपमा काम समेत गर्नुभयो त्यस्बेला उहाँले सभा अन्तर्गत सामाजिक न्याय समितिको सदस्य रुपमा समेत काम गरेको अनुभव पाण्डेमा रहेको छ । दुई बर्षपछि २०५६ सालमा रास्टृयसभाको प्रमुख सचेतकको भुमिका समेत निर्बाह गर्नुभयो । २०६४ सालको संविधानसभा सदस्यमा समानुपातिक बाट सम्सद पनि भुमिका निर्बाह गर्नुभयो । त्यस बखद संबैधानिक समितिको सदस्यमा रहेर काम गरेको पाण्डेमा अनुभव रहेको छ । २०६६-२०६७ सालमा माधब कुमार नेपाल प्रधानमन्त्री रहनुहुदा उहाँमा अर्थमन्त्रालयको जिम्मेवार आएको थियो कठिन परिस्थितिमा पनि अर्थमन्त्री चलाएको अनुभव उहाँमा रहेको छ । अहिलेपनि सफल अर्थमन्त्रीको रूपमा पाण्डेलाई हेरिदै आएको छ ।अर्थमन्त्री रहनुहुदा लेखा समितिमा समेत रहेर काम गर्नुभयो । २०७० सालमा चितवन-०१ बाट निर्बाचित संविधानसभा सदस्य र त्यस बेलाको संविधान बनाउने मुख्य समिति राजनीति सम्बाद समितिको सदस्यको रुपमा काम गरेको अनुभव पाण्डेमा रहेको छ । २०७४ को प्रतिनिधिसभा सदस्यमा पुन चितवन-०१ बाट पाण्डे निर्बाचित हुनुभयो । पाण्डेले स्नातकोत्तरसम्म्को अध्ययन गर्नुभएको छ भने अर्थ राजनीति सग सम्बन्धित पुस्तकहरुपनी बजारमा उपलब्ध छन । पाण्डे निरन्तर रूपमा आर्थिक बिसयमा अध्ययन खोज अनुसन्धान गर्दै आउनुभएको छ भने नेपालका विभिन्न कलेजहरुमा visiting lecturer को रुपमा समेत पाण्डेले अध्यापन गराउदै आउनुभएको छ ।

बि. स २०६६ देखि २०६७ सालसम्म तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपाल प्रधानमन्त्री रहनुहुदा अर्थमन्त्री पाण्डे हुनुहुन्थ्यो । अहिलेपनि पाण्डे लाई नेपालको सफल अर्थमन्त्रीको रुपमा हेरिन्छ । 

पाण्डे अर्थमन्त्री रहनुहुदा उहाँले गर्नुभएका केही महत्त्वपूर्ण कामहरु : 

१) मध्यपहाडी लोकमार्गको निर्माण कार्यको सुरुवात 

२) द्वन्द्व पीडितलाई खेतिबाली छेतिपुर्ती 

३) जनताको पहलमा शान्ती अभियान 

४) द्वन्द्व पीडितले सावाँ तिरे ब्याज मिनाहा 

५) सामाजिक सुरक्षा करको प्रारम्भ 

६) भन्डारा मलेखु बाटोको निर्माणकार्य सुरुवात 

७) ३० हजार सरकारी बिधालयमा ईन्टरनेटको सुरुवात 

८) मध्यपहाडी सडक अन्तरगत दशवटा शहर निर्माण

९) ठोरीबाट भन्डारा मलेखुहुँदै रसुवागढी सडक निर्माण कार्य सुरुवात 

१०) गरिब परिचयपत्रको निर्माणकार्यलाइ बजेट बिनियोजन

११) लोपोन्मुख राउटे परिबारलाइ मासिक १००० भत्ता

१२) ५ छेत्रमा जेष्ठ नागरिक आरोग्य आश्रम 

१३) दलित / गैरदलित विवाहलाइ १ लाख अनुदान 

१४) बिधवा विवाहलाइ ५० हजार अनुदान 

१५) ७५ बर्ष माथिका र १५ बर्ष मुनिका लागि निशुल्क उपचार 

१६) पोखरा बिमानस्थल निर्माण कार्यलाइ बजेट बिनियोजन

१७) पुर्बपच्शिम हुलाकि मार्ग निर्माण प्रारम्भ

१८) गरिब जनता आवास नाममा घर निर्माण कार्य सुरुवात 

१९) दलितहरुको हकहित र संरक्षणको लागि पहलकदमी

२०) सडक दुर्घटनाको पीडितलाई न्याय दिलाउन तेस्रो पक्षको बिमा 

२१) लोडसेडिङको समस्या हल गर्न माथिल्लो तामाकोशि आयोजनाको निर्माण कार्य सुरुवात 

२२) ५००० हजारलाई रिक्सा दिने

२३) ३० करोडको लागतमा ३००० जनतालाई आवास निर्माण 

२४) कर सहभागीता बर्ष 

२५) होटेल रेस्टुरेन्ट खोल्न प्रेरित / छेत्र तोक्ने / सहज ऋण 

२६) कर्मचारीलाई १०%-१२% भत्ता 

२७) चितवन हेटौंडा कैलालीमा रंगशाला र काठमाडौमा कृकेट रंगशाला निर्माणकार्य प्रारम्भ 

२८) छात्राहरुलाइ छात्रा शौचालय र सेनेटरी प्याडको सुरुवात 

२९) माथिल्लो त्रिशुली थ्री ए को ऋण सम्झौतागरि काम सुरु 

३०) सामाजिक सुरक्षा कर कट्टी सहित सामाजिक सुरक्षा प्रणाली सुरु

३१) आमा नागरिकको स्वास्थलाई विशेष ध्यान राखी स्वास्थ बिमाकार्यको सुरुवात 

३२) दस कक्षासम्म्न सरकारी बिधालयमा पड्ने छात्राहरुलाइ नगत छात्रवृत्ति सुरुवात

३३) सडक बन्द गर्नेले छेतिपुर्ती तिर्नुपर्ने कानुन

३४) गैरआबासिय नेपालीलाई विशेष परिचयपत्र 

३५) स्थानीय शुल्क कर खारेज / कबाडी कर खारेज

३६)३५ जिल्लामा पोषण युक्त खाजा कार्यक्रम 

३७) शिक्षामा सबैभन्दा बढि ४७ अर्ब ६१ करोड बिनियोजन

३८) त्यस्बेला कुल बजेट २ खर्ब ८५ अर्ब ९३ करोड जस्मा चालू तर्फ १ खर्ब ६० अर्ब ६३ करोड पुजिगत तर्फ १ खर्ब ६ अर्ब २८ करोड 

३९ ) सावाँ भुक्तानी तर्फ १९ अर्ब १ करोड 

४०) साधारण प्रशासन तर्फ १ खर्ब ३५ अर्ब ५८ करोड 

४१) त्यसबेला ५.५ को आर्थिक वृद्धि लक्ष्य राखीएको



लेखक: निर्देशन  त्रिपाठी, चितवन 


Post a Comment

0 Comments

Comments

close