अनि के गर्छौ (गजल) || दिपीन न्याैपाने


२०७७ जेष्ठ ०१,  विहिबार


अनि के गर्छौ ?


नोकरी भैदिए अनि के गर्छौ,

तिम्रो स्वाभिमानमाथि औला उठाइदिए,  अनि के गर्छौ

प्रहार गर्दिए मुटुमा अनि के गर्छौ ।।



तिम्रो सोच एक उनीहरुको अलग होला

फरक भैदिए सोच  अनि के गर्छौ ।।



तिमीले माया अनि ईज्जत गर्ने ठाउमा

तिरस्कार गर्दिए साहुले अनि के गर्छौ ।।



मलाई थाहा छ म पनि माया गर्ने मान्छे

सक्दिन बन्न हतियार अनि के गर्छौ ।।



 पिडा अनि दोधार मनमा लिएर

आखिर हुन्छ बेरोजगार अनि के गर्छौ ।।



साएद यसरि सकिएला नोकरी

भएर हामी वारपार अनि के गर्छौ ।।


लेखक/रचनाकार

Post a Comment

0 Comments

Comments

close