गजल: मायाको मूल्य न लाख हुन्छ न करोड हुन्छ | सुजन घिमिरे

प्रेममा मिलन हुन्छ कसैको बिछोड हुन्छ
मन र मन युद्ध हुन्छ मुटु तोडफोड हुन्छ

दिनेले सित्तैमा दिन्छ, लिनेले सित्तैमा लिन्छ
मायाको मूल्य न लाख हुन्छ न करोड हुन्छ

आश्चर्य लाग्छ मलाइ यो प्यार कसरी हुन्छ
भन्दछन प्यार गर्ने को प्यार बेजोड हुन्छ

ख्याल गर्नु प्रेममा परेका हरेक जोडिहरुको
अपसमा माया जोख्ने र तौलिने होड हुन्छ

सुजन घिमिरे  (चितवन, नेपाल )

Post a Comment

0 Comments

Comments

close