गजल: अामाकाे छाती सिरानी सम्झेँ अनि सुतेँ । गिरिराज डल्लाकोटी

गिरिराज डल्लाकोटी 

अामाकाे छाती सिरानी सम्झेँ अनि सुतेँ ।
दैबकाे यस्तै लिखानी सम्झेँ अनि सुतेँ ।।

छुटे अाफन्त सबै खै कता गए कुन्नि
सम्झना मात्र निशानी सम्झेँ अनि सुतेँ ।।

घुर्क्याएर काेही कतै नखाई सुत्दछन्
मैले भाग्यकाे पिसानी सम्झेँ अनि सुतेँ ।।

भाेकाे पेट र नाङ्गाे जिउ भएता पनि
मलमलकाे अाेछ्यानी सम्झेँ अनि सुतेँ ।।

सपनाकाे द्वारबाट भित्र पस्छु जब
साथमै माता पिता नि सम्झेँ अनि सुतेँ ।


Post a Comment

0 Comments

Comments

close