चाँदीभन्दा महंगो भयो भेनिला वनस्पति || Business Partner Nepal.

इसक्रीम किन्दाखेरी तपाईंले भेनिला फ्लेभरको विकल्प देख्नुभएको होला । विगत दुई वर्षमा भेनिलाको मूल्य लगातार बढिरहेको छ ।बेलायती बजारमा यसको मूल्य प्रतिकिलो ६०० डलर पुगेको छ । नेपाली मुद्रामा एक किलो भेनिला किन्दा ६४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

नेपालमा यतिखेर चाँदीको मूल्य ५६ हजार ८२१ रुपैयाँ प्रतिकिलो छ ।
भेनिलाको मूल्य बढ्दा आइसक्रीम व्यापार गर्नेहरू काँप्न थालेका छन् ।

बेलायतको स्नगबरी आइसक्रीम कम्पनी प्रत्येक हप्ता पाँच टन आइसक्रीम बनाउँछ । उसको ४० फ्लेभरमध्ये एक तिहाइमा कुनै न कुनै रूपमा भेनिला प्रयोग हुन्छ । अघिल्ला वर्षहरूमा यो कम्पनीले जुन मूल्यमा भेनिला किन्थ्यो, आज तीस गुणाभन्दा बढी मूल्य उसले चुकाउनुपरेको छ ।बेलायतको एक कम्पनीले त भेनिला फ्लेभरको आइसक्रीम बनाउनै छोडेको छ ।

भेनिलाको बिरुवाको ७५ प्रतिशत उत्पादन उष्णकटिबन्धीय क्षेत्रमा रहेको म्याडागास्कर द्वीपमा हुन्छ ।गत मार्च महिनामा म्याडागास्करमा चक्रवातीय तूफान आएर भेनिलाको बिरुवा नष्ट भएपछि मूल्य बढेको छ ।

पछि मूल्य घट्ला भन्ने अपेक्षा थियो तर चर्को मागका कारण मूल्य बढेको बढ्यै छ ।केसरपछि संसारको दोस्रो सबभन्दा महंगो बिरुवा हो ।कमोडिटी मार्केटविज्ञ जुलियन गेलका अनुसार, म्याडागास्करबाहेक पपुआ न्यू गिनी, भारत र युगान्डामा यसको खेती हुन्छ । संसारभरि यसको माग छ । अमेरिकाको ठूलो आइसक्रीम उद्योगका कारण धेरै भेनिला खपत हुन्छ ।आइसक्रीम मात्र नभई भेनिलाको प्रयोग मिठाइ र रक्सी अनि पर्फ्युममा पनि प्रयोग हुन्छ ।


- Rajendra Devkota 

Post a Comment

0 Comments

Comments

close