Promise Day

#promise_day
आजको यो बिशेष दिन !
बिशेष बनाउन म कुनै बाचा गर्दिन । बस् यत्ति भन्छु , जतिदिन यो जिबनरुपी रथ यात्ररथ रहन्छ , तिमीसँगै हातमा हात समाएर यात्रा गर्नेछु , यात्राका क्रममा तिम्रा पाउहरुमा बिझेका काँडाहरु झिकिदिने प्रयास गर्नेछु , तिमीलाई थकाई लागेमा टाउको राखेर निदाउन काख र काँध दिनेछु । तिमी चिप्लिएर लड्न खोज्दा समाउन हात दिनेछु ।
सम्बन्ध सँधै सुमधुर नै रहला भन्न सकिँदैन । तिमी आगो बन्यौ भने म पानी बन्ने प्रयास गर्नेछु । तिमी रिसायौ भने फकाउने प्रयास गर्नेछु तर याद राख्नु प्यारी , मैले फकाउँछु भन्ने बुझेर तिमी अझै रिसाएझैँ गर्यौ भने फकाउने पालो तिम्रो हुनेछ ।
प्यारी ! तिमी जिद्दि छौ , थाहा छ , तर यति धेरै जिद्दि पनि नबनिदिनु कि मेरा तिमीलाई फकाउने रहरहरु मरेर जाउन् । हो म गलत हुनसक्छु , तिम्रो मन दुखाउन सक्छु तर तिमी त ज्ञानी छौ , मलाई सम्झाउन सक्छौ , सम्हाल्न सक्छौ । हामी यसरी नै अघि बढ्नेछौँ है ?
तिम्रा सपनाहरु मेरा हुनेछन् , तिम्रा रहरहरु मेरा हुनेछन् । तिम्रा र मेरा चाहनाहरु हाम्रा हुनेछन् ।

Post a Comment

0 Comments

Comments

close