ज्योति लाईफको (Jyoti Life) IPO आउदै, प्रस्ताव पारित

ज्योति लाईफ इन्सुरेसले ६६ लाख कित्ता आइ.पि.यो. जारि गर्ने भएको छ | माघ १० गते बसेको साधारण सभाले IPO  जारि गर्ने प्रस्ताव गरेको हो | जारि पूँजी २ अर्ब २० करोड रुपैयाको ३०% IPO जारि गर्ने निर्णय गरेको छ | जारि पूँजीको ७०% ले हुने १ अर्ब ५४ करोड रुपैयाँ  भने सस्थापक शेयरधनीबाट चुक्कता भैसकेको छ | साथै सभाले सस्थापक सेयर धनीको तर्फबाट पशुपति मुरारका, आकाश गोल्छा, नन्द किशोर शर्मा र शर्मिला श्रेष्ठ  गरि ४ जना सञ्चालक समितिमा निर्वाचित भएका छन् |

Comments

close