पञ्चकन्या हाइड्रोको आइपिओ खुल्यो,कसले कहाँ गर्ने आवेदन ? / IPO of Panchakanya Hydropower

पञ्चकन्या माइ हाइड्रो को एघार करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर (आइपिओ)  को बिक्री शुक्रबारदेखि खुल्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका स्थानिय बासिन्दाका लागि उक्त सेयर निष्कासन गरेको हो ।

स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि १६ करोड ५० लाख रुपैयाँको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीय र सर्वसाधारणलाई गरेर कम्पनीले कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्नेछ ।

कसले गर्न पाउँछ आवेदन ?

कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि उक्त सेयर जारी गरेको हो। अहिले जारी भएको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर वितरण गरिनेछ ।

कहाँ गर्ने आवेदन ?

स्थानियले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् ।

कति गर्ने ?

सेयरमा न्यूनतम २० कित्ता अर्थात दुई हजार रुपैयाँदेखि अधिकतम ५ हजार ५०० कित्ता अर्थात ५ लाख पचास हजार रुपैयाँ सम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयरमा आवेदन गर्ने अन्तिम दिन माघ १९ गते रहेको छ ।

साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ ।

पञ्चकन्या माई हाइड्राको अधिकृत पूँजी एक अर्ब ९५ करोड रुपैयाँ तथा जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ । त्यस्तै कम्पनिको बनाउँदै गरेको ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

Post a Comment

0 Comments

Comments

close