आयो स्वचालितरूपमा फोटो खिच्ने क्यामेरा | Google's new camera knows when to automatically take a picture.

गुगलले एउटा स्मार्ट क्यामेरा सार्वजनिक गरेको छ | उक्त क्यामेरा स्वचालित छ | कुन बेला तपाइको तस्बिर खिच्नु पर्छ भन्ने कुरो उस्लाई पहिले देखि नै थाहा हुन्छ |
 सुन्दा अचम्म लाग्ने यो प्रविधिको प्रयोग गुगलले आफ्नो पछिल्लो क्यामेरा ‘क्लिप’ मा गरेको हो।
कृर्तिम बुद्धि (एआई) को उपयोग गरि बनाइएको यो क्यामेराको मूल्य २ सय ४९ अमेरिकी डलर तोकिएको छ। यो क्यामेराले भिडियो सुट पनि आफै गर्न सक्ने क्षमता राख्छ।

यसको अग्रिम बुकिङ शुरु गरिएको छ। कम्पनीका अनुसार यो क्यामेराको डेलिभरी २७ फेब्रुअरीबाट गरिने छ।यो क्यामेराबारे गुगलले अघिल्लो वर्ष अक्टोबरमा जानकारी दिएको थियो। र, अहिले यसकाे विक्री सुरु गरिएकाे हाे।


गुगलको ‘क्लिप’ क्यामेराको विशेषता भनेको अवस्था हेरेर आफै एडजस्ट हुने र १३० डिग्री कोणबाट गजबको फ्रेम सिर्जना गर्दै फोटो खिच्न सक्ने हो। क्यामेराले अटोमेटिकली फोटो क्याप्चर गर्नका लागि मोमेन्ट–आईक्यु नामको अफलाईन मेसिन लर्निङ मोडेल र भिजुअल प्रोसेसिङ युनिट(भीपीयु) को प्रयोग समेत गरेको छ।
यो क्यामराले मानिसको भाव, प्रकाश र फ्रेमिङलाई धेरै स्मार्ट तरिकाले बुझ्ने गर्छ र त्यही अनुसारको दामी तथा स्मरणयोग्य फोटाहरु खिच्न सक्षम भएको कम्पनीले दाबी गरेको छ।
यो क्यामेराले तपाईले मोबाईलबाट फोटो खिच्न छुटाइएको अवस्थामा पनि फोटो सुरक्षित बनाई दिन्छ। कुनै पनि फोटो मिस गर्दैन। किनभने तपाईको हाउभाउ बुझेरै यो आफ्नो कार्य गर्छ। यो यस्तो क्यामेरा हो, जसलाई कुनै पनि नेटवर्कसाग जोडिनु पर्दैन, मात्र ओपेन गरे पुग्छ।

क्यामेराले आफ्नो काम गर्न थालिहाल्छ। पछि यसलाई अन्य डिभाइसमा समेत सेयरिङ गर्न सकिन्छ। यो जुनसुकै ठाउामा जतिसुकै बेला पनि उपयोगमा ल्याउन सकिन्छ।

गुगल क्लिपको विशेषता भनेको यसमा १६ जीबीसम्म फोटोहरु स्टोर गरेर राख्न सकिन्छ। एक पटक चार्ज गरेपछि तीन घन्टासम्म यो क्यामेराले काम गर्छ। क्यामेराको लेन्स बन्द भएको अवस्थामा इन्टेलिजेन्ट नोटिफिकेसन्सको माध्यमबाट तपाईको फोनमा त्यसको जानकारी आफै प्राप्त हुने प्रविधि पनि यसमा प्रयोग गरिएको छ।

गोरिल्ला ग्लास ३ प्रयोग गरिएको यसमा युएसबी सी, वाई–फाई र ब्ल्युटुथ एलईको डाईरेक्ट कनेक्टीभिटी हुने सुविधा उपलब्ध छ। क्यामेराले एक सेकेन्डमा १५ वटा पिक्चरसम्म खिच्न सक्छ। कम्पनीले यसमा जडान गरिएको सेन्सर कति मेगापिक्सेलको छ, त्यसबारे जानकारी दिएको छैन।

-एजेन्सीकाे सहयाेगमा

Post a Comment

0 Comments

Comments

close