हिउसँग खेल्न र रमाउन कालिञ्चोक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल

चिसो बढेसँगै यतिखेर कालिञ्चोकमा घुम्न जानेको लहर चलेको छ । हिउसँग खेल्न र रमाउन सकिने यो ठाउँमा यतिबेला पर्यटकको चाप बढेको छ । राजधानीबाट नजीकै तर मनमोहक सुन्दर सहित हिउ खेल्दै शक्तिपिठको दर्शन गर्नको लागि कालिन्चोक जान सकिन्छ ।

समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल मानिन्छ । मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।

नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा मन्दिर दर्शन गर्न आउन भक्तजनहरुका लागी प्रशस्तमात्राामा होटलहरु रहेका छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । सादा खानाको दुई सय रुपैयाँ पर्छ ।
कुरीबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ ।

कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।

Post a Comment

0 Comments

Comments

close