सपना (गजल) || दिपीन न्याैपाने

सपना (गजल)


अनायासै आमा तिम्रो चोली र सुन्दर सपना।

भोलि देखेर कसैको सिंहासन मा पुगेछु ।।


 तितो बोलि र मिठो शब्दमा ।

आफुलाई निकै दुखी पाएछु ।।


सिकाएका हरेक कदम चाल्दा चाल्दै ।

दोषी बनि अल्झेछु ।।


सिनो खाने सहर रहेछ आमा । 

पसीना यसै बगाएछु ।।


तिमीले इज्जत गर्न सिकायौ ।

अनायासै जीवनयात्राको क्रममा ।

पटक पटक मैले आफ्नो इज्जत गुमाए ।।


ब्यर्थै निस्पट्ट अन्धकारमा ।

भौतारिरहेको आफुलाई भेटाउँछु ।।


अरुको उपकारको लागि ।

मैले आफ्नो बाटो बिराएछु ।।


लेखक/रचनाकार

दिपीन न्याैपाने

भक्तपुर, नेपाल




Post a Comment

0 Comments

Comments

close