बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकले लकडाउनमा कर्मचारीलाई भिआरएस दिने, १४ महिनाको तलब |

काठमाडौं । जनता बैंकसँग बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकले कर्मचारीलाई अवकाश दिनको लागि स्वेछिक अवकास योजना (भिआरएस) प्याकेज ल्याएको छ ।
बैंकले सहायक महाप्रवन्धकभन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीको लागि स्वेछिक अवकाश योजना ल्याएको हो ।

ग्लोबल आइएमई बैंक स्वेछिक अवकास योजना २०२० नाम दिएको अवकास योजनामा सहायक प्रवन्धकमाथिका कर्मचारी सहभागी हुन पाउनेछन् ।

बैंकले १४ महिनाको तलब यसरी अवकास योजनामा सहभागी हुने कर्मचारीलाई दिने छ । जसमा तलबको रुपमा अहिले पाइरहेको तलब हुने उल्लेख छ ।

ग्लोबल आइएमई बैंकमा अहिले १४० जनाजति सहायक प्रवन्धकभन्दा माथिल्लो पदमा कार्यरत कर्मचारी छन् ।

‘मर्जरपछिको कर्मचारी व्यवस्थापनको लागि भिआरएस प्याकेज राम्रो भएपछि कोरोना भाइरसको समयमा आएको प्याकेजले कर्मचारीको मनोबल घटाउने काम गरेको छ,’ग्लोबल आइएमई बैंकका कर्मचारीले भने ।

भिआरएस योजनामा जनता बैंकबाट आएका बढी कर्मचारी अवकास हुने योजनामा छन् । ग्लोबल आइएमई बैंक र जनता बैंकले गतवर्ष असारमा मर्जरको सम्झौता गरेका थिए । मंसिरदेखि एकीकृत कारोबार सुरु भएको थियो । चुक्ता पूँजीको हिसाबले ग्लोबल आइएमई बैंक अहिले सबैभन्दा ठूलो बैंक हो ।


Clickmandu

Post a Comment

0 Comments

Comments

close