यति कुरा जाने हुन्थ्यो (कविता)|| बृजेश उप्रेती(Brijesh Upreti).


Brijesh Upreti



यति कुरा जाने हुन्थ्यो 

भड्खालोमा देश पर्यो, सबै मिलि ताने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 


राम्रो देश बनाउन, नेता उनै स्वार्थी  परे 
नराम्रा  को भिड बाट, राम्रो लाई छाने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 


नुहाउँदै गधा लाई, जुनिबित्ने हो कि साथी 
गाई बन्ने कहाँ हो र, यति सत्य माने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 


देश बेची आफ्नो महल,सजाउन खोज्ने लाई 
जनताले देश द्रोही राष्ट्रघाती ठाने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 


हामी फुट्दा रमाउने, पाखण्डीको कमि छैन 
सबै मिलि एकताको झटारोले हाने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 


पसिनाको थोपा बिच, नयाँ  देश कोर्न सके 
जेल भित्र फजुलमा हाम्रो श्रम खाने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 


भड्खालोमा देश पर्यो, सबै मिलि ताने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो 
देश बाँचे म बाच्ने हो यति  कुरो जाने हुन्थ्यो ।। 
  
-BRIJESH UPRETI
Kathmandu,Nepal 
 April 24, 2020

Post a Comment

0 Comments

Comments

close