मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयहरु ( March 29, 2020) ||Business Partner Nepal.




March 30, 2020

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निम्नानुसार निर्णयहरु गरेको छ।  


  • मुल्य अभिबृद्धि र आय कर तिनुपर्ने समय २०७७ बैशाख २५ सम्म थप गरेको छ ।
  • सरकारको कोरोना उपचार कोषमा योगदान गरेको रकम कर योग्य आयमा घटाउने गरी निर्णय भएको छ ।
  • निजि विद्यालय शुल्क छुट ।
  • घरभाडा छुट (अनुरोध)।
  • दैनिक ज्यालादारी गर्ने मजदुर लाई राहत।
  • विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने ।
  • विद्युत महसुल १५० युनिटसम्म विद्युत उपभोगमा २५% छुट र खाद्यान्नमा १०% छुट (खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले) ।
  • स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा ।
  • ईन्टरनेट शुल्क २५ % कम ।
  • चैत्र २५  सम्म लक डाउन जारि ।
  • टीटीको सीमालाई ३० हजारबाट बढाएर एक लाख डलर पुर्‍याइएको।
  • निजी स्वास्थ्य संस्थाहरुको चैत महिनाको सेवा शुल्कमा २० प्रतिशतसम्म छुट।
  • ५० हजार डलर (६० लाख)भन्दा माथिका सवारी साधान आयातमा रोक लगाइएको।
  • मदिरा, मरिच, सुपारी, केराउ, छोकोडा आयातमा पनि रोक लगाइएको छ भने दैनिक सुन पैठारीलाई २० बाट १० किलोमा झारिएको छ ।
  • लकडाउनभन्दा अगाडि गरिएका सबै खरिद सम्झौताको म्याद एक महिना थप्ने निर्णय भएको छ ।
  • चैत महिनामा बैंक ग्यारिन्टीको अवधि सकिने भए बिना दस्तुर लकडाउन खुलेको एक महिनासम्म कायम।
  • कोभिड-१९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने।

Post a Comment

0 Comments

Comments

close