चोखो मायालाई व्यापार बनायौँ तिमीले, गजल || Dipendra Thapaliya.


गजल
हाम्रो चोखो मायालाई व्यापार बनायौँ तिमीले
धोका दियौं अनि गजलकार बनायौँ तिमीले
सोझो अनि निर्दोशी म, माया जालमा फसाएर
सुनौलो यो जीवन अन्धकार बनायौँ तिमीले
जताततै सुखी अनि रंगिन मेरो यो जीवन
किन आजकाल जीत न हार बनायौँ तिमीले
हिजोसम्म सबैको लागी सबथोक थिए म
आज केही काम नलाग्ने बेकार बनायौँ तिमीले
माया पनि गर्दिनौँ छाडि पनि दिन्नौ मलाई
बिचमै राखी न वार न पार बनायौँ तिमीले ।।।

Dipendra Thapaliya


Post a Comment

0 Comments

Comments

close