नाडेपको आइपीओ बुधबार ९.३० बजे बाँडफाँट हुने || Business Partner Nepal.

नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बिहान ९.३० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङका मर्चेन्ट बैंकिङ प्रमुख अनुज थापाले बुधबार बिहान ९.३० बजे नाडेपको आइपीओ बाँडफाँट हुने  बताए ।

यो आइपीओमा २३.८९ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट ४३ हजार २०० जनाले १० कित्ताका दरले मात्र सेयर हात पार्नेछन् । आवेदन दिएका २ लाख १९ हजार ११० जनामध्ये १ लाख ७५ हजार ९१० जनाको हात भने खाली हुनेछ । जम्मा १९.७२% आवेदकले मात्र सेयर पाउनेछन् ।

यसमा कुल १ करोड ३ लाख २० हजार ७६० कित्ता सेयरका लागि आवेदन परेको थियो । रकममा हिसाब गर्दा यो १ अर्ब ३ करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन हुन आउँछ ।

नाडेपले असार १० गतेदेखि १३ गतेसम्म १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमध्ये २४ हजार कित्ता ५% कम्पनीका कर्मचारी र २४ हजार कित्ता ५% सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

Post a Comment

0 Comments

Comments

close