Global Key Technology ले ल्यायो मोवाइल एप डाउनलोड गरे एक रुपैयाँमै विश्व कप फुटवल टिमको जर्सी, क्यासब्याक अफर पनि.|| Business Partner Nepal.

काठमाडौं। मोवाइल एप रिचार्जरले एक रुपैयाँमै विश्वकप फुटवल टिमको जर्सी उपलब्ध गराउने स्किम ल्याएको छ। आफ्नो ब्राण्ड प्रवर्द्धनका लागि कम्पनीले ९९९ रुपैयाँ पर्ने जर्सी एक रुपैयाँमै उपलब्ध गराउने स्किम ल्याएको हो।
स्किममा सहभागी हुन रिचार्जरको एप डाउलोड गर्नु पर्छ। डाउनलोड गर्ने वित्तिकै कम्पनीले १०० रुपैयाँ क्यास ब्याक दिन्छ। यसपछि ४०० रुपैयाँ थपेर ५०० रुपैयाँको मोवाइल रिचार्ज गर्नु पर्छ। मोवाइल रिचार्ज गरेपछि त्यति नै रकम बराबरको क्यास ब्याक उपलब्ध हुन्छ।
 
त्यसपछि ग्राहकले एक रुपैयाँमा जर्सी किन्ने अवशर पाउँछन्। आइतबारबाट सुरु हुने स्किम सीमित अवधिका लागि मात्र उपलब्ध हुने ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नराजन सिंहले जानकारी दिए।
How to Use Video:- 



Post a Comment

0 Comments

Comments

close