भारतमा नेपालीलाई परिचयपत्र अनिवार्य

गुलरिया — भारतीय सीमा सुरक्षा बलले भारत प्रवेश गर्ने नेपाली माथि थप कडाई गर्दै गएको छ । नेपाली नागरिकता लगायतका परिचयपत्र विना भारत प्रवेशमा रोक लगाइएको छ ।

भारतीय सीमा सुरक्षा बलले भारत प्रवेश गर्ने नेपाली माथि थप कडाई गर्दै गएको छ । नेपाली नागरिकता लगायतका परिचयपत्र विना भारत प्रवेशमा रोक लगाइएको छ ।

बर्दियासँग जोडिएको भारतीय सिमा बरहाईच र लखिमपुर खिरी हुँदै प्रवेश गर्ने नेपालीले परिचपपत्र नदेखाए फर्काउन थालेको सीमामा तैनाथ नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन्।कतिपय नेपाली परिचयपत्र नलिएर गएकाले फर्किसकेको ती अधिकारीहरुको भनाइ छ। परिचयपत्र भएकालाई कहाँ जाने कहिले फर्कने जस्ता सवाल सुरक्षाकर्मीले गर्न थालेका छन्।नाकाबन्दीमा समेत परिचयपत्र माग नगरेका भारतीय सुरक्षाकर्मीले एकतर्फी निर्णय गरेपछि स्थानीय आश्चर्य चकित भएका छन्।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले भारतीय सुरक्षाकर्मीले विगत केही समय देखि सीमामा कडाई गर्दे नेपालीसँग परिचयपत्र माग्न लागेको बताए। परिचयपत्र किन मागिएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले जनाए।

Post a Comment

0 Comments

Comments

close