NEB Grade 11 Result Published, Check it Now

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । 
बोर्डले ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणालीअनुसार ११ को नतिजा सार्वजनिक गरिएको यो पहिलो पटक हो । 

परीक्षा नियन्त्रक डम्बर बतासले ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका दिएकोमा  ७४ जनाको भने नतिजा रद्द गरिएको जानकारी दिए । 

बतासका अनुसार ९० देखि एक सयसम्म ल्याउने विषयको ग्रे ए प्लस हुन्छ। 
त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९ अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ उल्लेख गरिएको  हुन्छ।
डी प्सल वा त्यो भन्दा मुनी कुनै एक बिषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृद्धि परीक्षा दिन पाउने छन्।

नतिजा = राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.npमा लगइन गरेर पनि  हेर्न सकिन्छ  । 

Post a Comment

0 Comments

Comments

close