उन्नति माइक्रोफाइनान्सको १ लाख ६५ हजार कित्ता आइपीओ बिक्री खुला

काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको आज (पुस २१ गते) देखि १ लाख ६५ हजार कित्ता आइपीओ बिक्री खुला भएको छ । यसमध्ये ४% (६ हजार ६०० कित्ता) कर्मचारी र ५% (८ हजार २५० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको १ लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । उन्नतिले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री खुला गरेको हो । यसमा पुस २५ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने माघ ५ गतेसम्म भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ३०% आइपीओ बिक्री खुला गरेको हो । यो माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देही जिल्लामा रहेको छ । माइक्रोफाइनान्सको हाल १० जिल्लामा २७ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । उन्नतिले गत आर्थिक वर्षमा १ करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ २ पैसा छ । कम्पनीले चालु आर्थिक वर्षमा १ करोड ७८ लाख २१ हजार खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

Post a Comment

0 Comments

Comments

close