सामुदायिक लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं, पुस २७ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले विहीबार प्रकाशन गरेको आव्हान–पत्र अनुसार शेयर माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन दिन आव्हान गरेको छ । यदि पर्याप्त आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म खुल्ला रहने छ ।

लघुवित्त संस्थाले रु. १०० अंकित दरमा ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । सो मध्ये १२ हजार कर्मचारी, १५ हजार सामुहिक लगानी कोष र वाँकी रहेको २ लाख ७३ हजार सर्वधारणलाई छुट्याइएको छ ।

लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ हात्तिसार काठमाडौं रहेको छ ।

हकप्रदमा बिक्री प्रबन्धक नेपाल एसबिआई मचेण्ट बैकिङ लिमिटेड हात्तिसार काठमाडौ, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा–छ काभ्रे तथा यसका शाखा कार्यालयहरु, नेपाल धितोपत्र वोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्वा प्रणाली मार्फत समेत आवेदन लिदन सक्ने लघुवित्तले जनाएको छ ।

लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Post a Comment

0 Comments

Comments

close