उन्नति माइक्रोफाइनान्सले आइपिओ जारी गर्ने अनुमति पायो, १ करोड ६५ लाख रुपैयाँको आइपिओ आउँदै

काठमाडौं।


उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले शुक्रबार धितोपत्र बोर्डबाट साधारण शेयर निष्कासको अनुमति पाएको छ।

संस्थाको पाँच करोड ५० लाख रुपैयाँको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि विक्री गर्ने छ।संस्थाले एक करोड ४५ लाख रुपैयाँ सर्वसाधारण र वाँकी तीन करोड ८५ लाख रुपैयाँ संस्थापकबाट पूँजी जुटाउने छ।

संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ।राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पाएको माइक्रोफाइनान्सको १० जिल्लामा कार्य क्षेत्र छ। संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४५ लाख १० हजार रुपैयाँ नाफा गरेको छ।संस्थाले हाल सम्म नाफा गरेअनुसार एक करोड ९३ लाख रुपैयाँ जम्मा गरिसकेको छ।   

Post a Comment

0 Comments

Comments

close