Notice From IRD: Important information about updating Withholdee's PAN Number || Business Partner Nepal

 आन्तरिक राजस्व विभाग Withholding Agent ले Withholdee को PAN Number अपडेट गर्ने बारेको अत्यन्त जरुरी सूचना 


नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग Withholding Agent ले Withholdee को PAN Number अपडेट गर्ने बारेको अत्यन्त जरुरी सूचना

स्रोतमा कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) ले आय वर्ष २०७७/७८ मा eTDS Return मा कर कट्टी हुने व्यक्ति (Withholdee) को स्थायी लेखा नम्बर (PAN Number) उल्लेख नगरी विवरण भेरिफाइ भएको भए सम्बन्धित Withholding Agent आफैले eTDS Return मा सम्बन्धित Withholdee को PAN Number अपडेट गर्न सक्ने गरी प्रणालीगत सुधार गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ। देहाय बमोजिमको प्रक्रिया अपनाई सबै Withholding Agent आफैले सम्बन्धित Withholdee को PAN Number अपडेट गरिदिनु हुन अनुरोध छ।

कार्य प्रक्रिया

1. www.ird.gov.np मा लग इन गर्ने

2. Taxpayer Portal मा प्रवेश गर्ने

3. General menu मा प्रवेश गर्ने

4. हाल प्रयोग गरिरहेको PAN, Username, and Password राख्ने । यसपछि Taxpayer Page देखिनेछ।

5. उक्त पेजमा रहेको “Add Withholdee PAN in eTDS" menu मा प्रवेश गर्ने । यसपछि निम्न सूचना भएको टेबल देखिनेछ।

Transaction No: 
Serial No:
Amount from:
Amount To: 
Transaction No: मा पहिले पेश गरेको Submission No. उल्लेख गर्ने। Submission No. उल्लेख गरी Search Button थिचेमा उक्त Submission No. मा PAN Number नभएका करदाताको मात्र विवरण देखाउनेछ । एक पटक अपडेट भएपछि उक्त करदाताका नाम पूनः देखिदैन। यदि पहिले पेश गरेको eTDS Return मा रहेको सिरियल नम्बर थाहा भएमा उक्त सिरियल नम्बर उल्लेख गरेमा अपडेट गर्नु पर्ने महल फेला पर्नेछ । एउटै विवरणमा धेरै करदाताको सूची भएमा TDS रकमको आधारमा पनि खोज्न सकिने व्यवस्था गरिएको छ।
6. त्यसपछि Search Button थिच्ने। निम्न सूचना भएको टेबल देखिनेछ।
Serial Number:
PAN :
Existing Name :
Transaction No:
Trade Name:
TDS Amount:
7. PAN column मा डबल क्लिक गरी PAN number प्रविष्टि गर्ने। यसले करदाताको ब्यापारिक नाम देखाउनेछ। उक्त नाम eTDS Return भर्दा उल्लेख भएको नामसँग मिले नमिलेको भिडान गर्ने। भिडान भएमा Update Button क्लिक गर्ने। 
8. यदि एक भन्दा बढी करदाताको PAN number अपडेट गर्नु पर्ने भएमा पूनः सो महलमा PAN number राखी प्रत्येक पटक Update Button क्लिक गर्ने। 
9. तत्कालको लागि अपडेट गर्नु पर्ने सबै करदाताको PAN number अपडेट गरिसकेपछि Submit Button थिच्ने । Submit Button थिचेपछि eTDS Return मा PAN number अपडेट हुनेछ। 
10. एउटा Submission No. मा रहेका सबै करदाताको एकै पटक अपडेट गर्नु पर्दैन। आँशिकरुपमा वा आवश्यकता अनुसार पटक पटक अपडेट गर्न सकिनेछ। 
11. यसरी PAN number अपडेट गरेपछि स्वतः सम्बन्धित करदाताको आय वर्ष २०७७/७८ को आय विवरणको अनुसूची १० मा समावेश हुनेछ। 
12. कुनै समस्या देखिएमा कृपया सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्नुहोला।

धन्यवाद् ।

Post a Comment

0 Comments

Comments

close