धन्य छौ लकडाउन तिमी (कविता)।। बृजेश उप्रेति.


२०७७ वैशाख ३१, बुधबार

धन्य छौ लकडाउन तिमी  ।। 

 

विहान सबेरै ९ बजे नै, सुर्य उदाउछ आजकाल,   

धेरै हैन सय मा असी, फेरिएको छ सबैको  हाल ।। 

घर, परिवार अनि  छिमेकमा देखिन्छ रिमिझिमी, 

चियोचर्चा गर्ने मौका मिल्यो, धन्य छौ लकडाउन तिमी ।। 

 

 

घर उही, कोठा उही, उही छ आनीबानी,  

फेरियो त बस् समय तालिका, सुत्ने अनि खानी ।। 

आजभोलि त मिठो लाग्छ घिरौला, फर्सी अनि सिमि,  

एक हातमा रिमोट, अर्को मा चिया, धन्य छौ लकडाउन तिमी ।। 

 

 

हेर्न बाकी छैन कुनै नंया पुराना फिलिम,  

घण्टा बिच खानाको परिकार, कसरि हुनु सिलीम ।। 

कामकुरो एकातिर, पास देखाउदै थिमी,  

कोहि टिकटक, कोहि पब्जी, धन्य छौ लकडाउन तिमी ।। 

 

 

दारी, कपाल बढेर जङ्गल भा छ, तै पनि छ  चिलिङ्ग,  

झट्ट ऐना हेर्दा आउछ, लेखनाथ पौडेल वाला फिलिंग

साझ परे पछि हिड्छन, सबै वाल्कमा पर्दै  टिमि टिमी,  

रोगको हैन फेसनको टेन्सन, धन्य छौ लकडाउन तिमी ।। 

 

 

२४ घण्टा नथाकेर मोबाइल मा थिच्दा,  

डूबियो इन्टरनेटमै , छिमेकीले खेतको सिमा मिच्दा ।। 

छिमेकीलाई उकास्ने, भाइमारा   काका उनी,  

उल्लंघनमा पनि चलिराछौ, धन्य छौ लकडाउन तिमी ।।



लेखक/रचनाकार

-बृजेश उप्रेति (Brijesh Upreti)

काठमाण्डाै, नेपाल (Kathmandu, Nepal)





-


Post a Comment

0 Comments

Comments

close