यस्तो छ सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पूर्णपाठ || Business Partner Nepal.

के छ सामाजिक सुरक्षा योजनामा ?

समाजिक सुरक्षा कार्यक्रममा श्रमिकले ११ र रोजगारदाताले २० प्रतिशत योगदान गर्छन् । यो रकमको २० प्रतिशत सञ्चयकोषमा जानेछ भने ८.३३ प्रतिशत उपदान र २.०७ प्रतिशत सामाजिक सुरक्षा कार्यक्रमहरुमा खर्च गरिनेछ ।

सामाजिक सुरक्षा अन्तरगत सरकारले सुरुमा चारवटा मात्र स्किम ल्याएको छ । मातृत्व कार्यक्रम अन्तरगत महिला श्रमिक गर्भवती भएमा निश्चित रकम पाउनेछन् भने जटिलखालको उपचार गर्नुपर्ने भएमा त्यसअनुसार थप सुविधा पाउनेछन् । प्रसुतीका क्रममा मृत्यु भएमा परिवारलाई निश्चित रकम दिइनेछ ।

अर्को बेरोजगारी भत्ता छ । यस्तो भत्ता सबै वेरोजगारहरुलाई दिइने भने छैन । सरकारी अधिकारीहरुका अनुसार सामाजिक सुरक्षा योजनामा आवद्ध भएका मजदुर कुनै कारणले बेरोजगार भएमा निश्चित अवधिसम्म जीवन निर्वाह भत्ताका रुपमा यो रकम दिइनेछ । आवश्यकताअनुसार तालिम पनिहुनसक्छ ।

अर्को पेन्सन योजना पनि छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएको मजदुरले उमेरका कारण अवकास पायो भने उसले पेन्सन पाउनेछ । उसमा सिधै उपदान लिने पा मासिक पेन्सन लिने भन्ने विकल्प हुनेछ ।

चौथो स्किम आश्रित परिवारलाई छ, जसमा मजदुरको आश्रित परिवारको शिक्षा, स्वास्थ्यमा मदत गरिनेछ ।

सरकारको योगदान के ?

धेरैको प्रश्न छ, मजदुर र रोजगारदाताले मात्र रकम तिर्ने रहेछ । सरकारको कुनै योगदान छैन ?

सामाजिक सुरक्षा कोषका अधिकारीहरुका अनुसार मजदुर र रोजगारदाताले जम्मा गर्ने रकमबाट औषधि उपचार लगायतका सामाजिक सुरक्षामा जति स्किम ल्याइएको छ, त्यसलाई पुग्दैन । अपुग भएको जति रकम हुन्छ, त्यो सरकारले व्यहोर्नेछ ।

हरेक आर्थिक वर्षको चैतभित्र कोषले अपुग रकम सरकारसँग माग गर्छ र बजेटमा सरकारले अनुदानका रुपमा दिन्छ ।

सफलता श्रमिक र रोजगारदातामै निर्भर

यो योजनामा मुख्य योगदान रोजगारदाता र श्रमिककै धेरै छ र लाभान्भित पनि श्रमिक नै हुन्छन् ।

नेपालको श्रम बजार अझै पनि तरल नै छ । अनौपचारिक श्रम बजारको वास्तविक तथ्य सरकारसँग छैन । त्यसैले यो योजनालाई सफल बनाउने हो भने उद्योग व्यवसायी एवं रोजगारदाताहरुको इमान्दारिता पहिलो शर्त हो । ‘हरेक रोजगारदाताले इमान्दारिता देखाउनुपर्नेछ भने श्रमिकले पनि सुविधा मात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि सम्झिनुपर्छ’ कोषका एक अधिकारीले  भने, ‘सरकारले त सहजिकरण मात्र गर्ने हो ।’

साथै सरकारले पनि रोजगारदातालाई समाजिक सुरक्षा योजना लागू गर भनिरहँदा उद्योग क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न तदारुकता देखाउन जरुरी छ ।

यस्तो छ सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पूर्णपाठ

Post a Comment

0 Comments

Comments

close