आजबाट मलमास शुरु तर मलमास के हो त ?

सौर्य मास र चन्द्र मासको तालमेल मिलाउने क्रममा जुन महिनामा सम्बन्धित महिनाको संकान्ति पर्दैन त्यो अधिक मास हो | पृथ्वीको घुमाईद्वारा सूर्यको गतिलाई देखाउने पद्धति सौर्यवर्ष हो जसको मान ३६५ दिन १५ घडी २२ पला र ५७ विपला हुन्छ अर्थात ३६५ दिन ६ घण्टा १९ मिनेट | त्यस्तै चन्द्रमाको गतिको आधारमा गणना गरिने वर्षलाई चान्द्रवर्ष हो |जो ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ | यी दुई विच प्रतिवर्ष १० दिन ५३ घडी २१ पला अर्थात् लगभग ११ दिनको फरक पर्दछ | यही अन्तरलाई मिलाउन प्रत्येक ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पूराभएपछि अर्को अधिकमास राखेर समय मिलान गरिएको हुन्छ | अधिमासलाई मलमास या पुरुषोत्तम मासपनि भनिन्छ | अधिक मास चैत्र देखि अश्विन सम्म मात्रै हुन्छ | कार्तिक, मार्गशीर्ष पौष महिनामा क्षय मास हुन्छ जो साधारणतः १३९ बर्षपछि पर्दछ | सनातानीले हरेक गुण अवगुण सबै ईश्वरलाई अर्पण गर्ने भएकोले यो अधिक मासपनि भगवान विष्णुको पुरुषोत्तम स्वरुपलाई अर्पण गरेको छ | मुसलमानहरुको हिजारी संवत पनि यै चन्द्रमासमा आधारित हो ,उनीहरुले सौर र चन्द्रमास मिलाउन नसकेको कारण उनीहरुको प्रत्येक चाड पर्व ११ दिन अघि सर्ने गरेको छ |

Post a Comment

0 Comments

Comments

close