यी १० कारण चम्किनेछ नेपाली सेयर बजार !

अहिले नेपालको सेयर बजार सिजनको समयमा पनि घटेको घट्यै छ । नेपालको सेयर बजारको २०६१ देखि २०७४ बैशाख देखि भाद्र महिनासम्मको इतिहासलाई सिंहावलोकन गर्दा यो समयमा १० वटा बर्ष बजार बढेको छ भने ४ बर्ष मात्र घटेको छ । अहिले पनि सिजनमा बजार घटेको घट्यै गर्दा धेरै साना र नयाँ लगानीकर्ताहरु अत्तालिएर घाटैमा पनि सेयर बेचेर बजारबाट भाग्दैछन् । तर, तपाईहरु आत्तिनुपर्ने अवस्था छैन ।

अहिले सिजनको समयमा पनि सेयर बजार नबढ््ने झिनामसिना अनेकन कारण होलान्, तर, प्रमुख कारण भनेको सेयर बजारमा रहेको अत्यधिक आपूर्ति नै हो । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई आर्थिक बर्ष २०७३/०७४ असार मसान्तसम्ममा  र बिमा समितिले इन्स्योरेन्स कम्पनीहरुलाई आर्थिक बर्ष २०७४/०७५ असार मसान्तसम्ममा चुक्तापँुजी पुर्याउनु पर्ने बाध्यकारी नियम ल्याएपछि मर्जरको नीतिलाई प्राथमिकतामा राख्नु भन्दा पनि हकप्रद, एफपिओ र बोनस सेयर मार्फत पूँजी पुर्याउन जोड दिदाँ बजारमा सेयरको आपूर्ति अत्यधिक हुन गयो, फलस्वरूप  सिजनमा पनि सेयर बजार बढ्न सकेन ।
बजारमा बस्तुको आपूर्ति अधिक हुन्छ र माग कम हुन्छ भने बस्तुको मूूल्य घट्छ, यदि बस्तुको आपूर्ति कम र माग बढी हुन्छ भने बस्तुको मूूल्य बढछ । बजारमा अहिले यही सिद्धान्त लागू भएको हो ।

तर, समग्रमा नेपालको सेयर बजार क्र्यास हुने, घट्दै जाने र लगानीकर्ताको लगानी डूूब्ने अवस्था भने देखिन्न । यस्ता कैयन कारणहरु छन्, जसले सेयर बजारको भविष्यलाई उज्वल बनाइदिनसक्छ । हेरौं ती कारण बुँदागत रुपमा:
१. अनलाइन ट्रेडिङ:
अब ढिलोचाँडो नेपाली सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात हुनेछ । यस्तो कारोबार भनेको इन्टरनेटको माध्यमबाट घरमै बसेर कम्प्युटर तथा मोबाइल प्रयोग गरी लगानीकर्ता आफैंले सेयर खरिदबिक्री गर्ने सुविधा हो । अहिले सेयर खरिदबिक्रीको अर्डर दिन दलालको कार्यालयमा पुग्नैपर्ने बाध्यता छ । फोनबाट अर्डर दिंदा पनि खरिदबिक्री आदेश फर्म भर्न दलालको ढोकासम्मै पुुग्नुपर्ने बाध्यता छ । पूर्ण स्वचालित अनलाइन प्रणाली सुरु भएपछि यस्ता सबै समस्या समाधान भएर जानेछन् । यो सुबिधा लागू भएपछि रोजगारी र अध्ययनको सिलसिलामा  बिदेशमा बस्ने लाखौं नेपालीहरुको पहुँच नेपाली सेयर बजारमा सहज हुनेछ । विश्वको कुनै पनि देशमा बस्ने नेपाली  नागरिकले पनि बिदेशमा नै बसेर सेयर किनबेच गर्न सक्ने छ्न । साथै, नेपालभित्रै देशका विभिन्न कुना कन्दरामा बस्ने नेपालीहरुले पनि सहज तरिकाले सेयर खरिदबिक्री गर्न सक्ने छन्। यसकारण सेयर बजारको भविष्य उज्वल छ।

२. गैरआवासीय  नेपालीहरुको  लगानीः नेपालमा जन्मेर बिश्वका विभिन्न मुलुकमा गई जागिर र ब्यापार ब्यवासाय गरी त्यहीँको नागरिकता लिएर बसेका लाखौं गैरआवासीय नेपालीहरुलाई नेपालको सेयर बजारमा लगानी गर्ने वातावरण बन्यो भने यसले बजारमा अहिलेको जस्तो अधिक आपूर्तिको समस्याले पिरोल्ने छैन । गैरआवासीय नेपालीले सेयर बजारमा लगानी गर्ने अवसर पाए भने यसले बजारको रौनक पनि बढाउनेछ । लगानीकर्ताको संख्या बढेर माग समेत उच्च हुनेछ र अहिलेको अधिक आपूर्तिले समेत अपुुग भई बजार थप विकास र बिस्तार हुनेछ । यसकारण समेत नेपालको सेयर बजारको भविष्य राम्रो छ ।



३.  बैंकहरुलाई ब्रोकर लाईसेन्स :अहिले लगानीकर्ताको खरबौं रकम ५० वटा ब्रोकर कम्पनीको रिस्कमा छ । अब ५० वटा ब्रोकर कम्पनीहरुले मात्र यति ठूलो रकमको व्यस्था गर्नसक्ने अवस्था रहने छैन ।  त्यसकारण ढिलोचाँडो बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनैपर्ने बाध्यता छ । बैंकहरुले ब्रोकर लाईसेन्स पाएपछि नेपालको कुनै पनि कुना कन्दराबाट नेपाली नागरिकले सेयर किन्छ, बचत खाताबाट पैसा घट्छ, डिम्याट खातामा सेयर भरिन्छ, सेयर बेच्छ, डिम्याट खातामा सेयर घटछ र अन्ततः बैंक खातामा पैसा बढ्छ । यी सबै गतिविधिहरु अनलाइनबाटै हेरिन्छ । रोहन शर्माले भने जस्तै मुस्ताङको भोटेले स्याउ बेचेको पैसा सेयरमा लगानी गर्न थाल्नेछ, कोशी पारिको बल्छी ध्रुबेले माछा बेचेर कमाएको पैसा सेयरमा लगानी गर्नेछ र राम्रो पैसा आर्जन गर्न सक्षम बन्नेछ । तराईको एउटा यादव किसानले समेत तरकारी खेतीबाट कमाएको पैसा सेयरमा लगाउनेछ र त्यसले कुनकाप्चामा सामान्य आम्दानी गर्नेहरुलाई समेत आर्थिक गतिविधिमा सामेल गराई उनीहरुको आर्थिक अवस्थामा कायालपट गरिदिनेछ । 






४. बजार निर्माताको ब्यवस्थाः अहिले नेपाली सेयर बजारमा सेयरको आपूर्ति बढी हुँदा  सिजनमा पनि  सेयर  बजार घटेको घट्यै छ भने अर्कोतिर नेपाली सेयर बजार बढी अस्थिर छ । यस्ता समस्यालाई समाधान गर्न नागरिक लगानी कोष र सञ्चय कोषलाई बजार निर्माताको रूपमा भित्र्याउने बहसको व्यापक सुरुवात भएको छ । नागरिक लगानी कोष र सञ्चय कोषलाई बजार निर्माताको रूपमा सेयर बजारमा भित्र्याएपछि अहिलेको अत्यधिक सेयर आपूर्तिको समस्या पनि समाधान हुने र बजार पनि स्थिर हुनेछ । यो कोणबाट समेत सेयरमा लगानी गर्नेहरुको भविष्य सुन्दर छ ।



५.राजनीतिक स्थायीत्व : नयाँ संविधान जारी भएको २ वर्ष बितेको छ । यो अवधिमा संविधान कार्यान्वयनका लागि चरणवद्ध निर्वाचनहरु समयमै हुने निश्चित झै देखिन्छ । तीन चरणमा भए पनि स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश र संसदको चुनाव समेत सन्निकट छ । यसरी संघीयता कार्यान्वयन हुन थालेको छ । प्रदेश र केन्द्रको चुनावपछि नेपालमा राजनीतिक क्रान्ति पूूरा भई आर्थिक क्रान्ति अगाडि बढ्ने विश्वास गर्न सकिन्छ । संघीयता कार्यान्वयन हुनु भनेको केन्द्रीकृत शासन प्रणाली विकेन्द्रीकृत हँुदै जानू हो । विकेन्द्रीकृत शासन प्रणालीले गाउँको विकासमा बहार ल्याउने अपेक्षा गरिएको छ । त्यसपछि समग्र मुलुकले विकासको काँचुली फेर्नेछ । यस्तो अवस्थामा लगानीको अवसरहरु बिस्तार गरी आर्थिक गतिविधि बढ्ने र यसले सेयर बजारलाई समेत चम्काउन सहयोग गर्नेछ ।

६. तीब्र गतिको वृद्धि : गत वर्ष नेपालले २४ वर्षकै उच्च वृद्धि हासिल गर्यो । त्यतिमात्र होइन, तीव्र गतिमा वृद्धिदर हासिल गर्ने मुलुकहरुमा तेश्रो स्थानमा पर्न सफल भयो । विश्व बैंकले सन् २०१७ र २०१८ को आर्थिक वृद्धिदर केही घटेर ४.५ प्रतिशत हुने संसोधित प्रक्षेपण गरेको छ । यो वृद्धिदर निराशाजनक पनि होइन । देशको आर्थिक वृद्धिदर बढदै जाँदा  वैदेशिक लगानीको वातावरण बन्नेछ । नयाँ उद्योगधन्दा खुलेसँगै रोजगारीका प्रशस्त अवसरहरु समेत खुल्नेछन् । रोजगारी बढेपछि आम्दानी बढनेछ, आम्दानी बढेपछि सेयरमा लगानी बढ्नेछ।

७. बैंकमा देखिएको तरलताः बैंकमा देखिएको तरलताको संकट समाधान हुँदै गइरहेको छ । बैंकहरुले ब्याजदर घटाउन सुरु गरिसकेका छ्न । ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ ।  यसको अर्थ ब्याजदर बढेमा सेयर बजार घट्छ भने ब्याजदर घटेमा सेयर बजार बढछ । अहिले तीब्र गतिमा बैंकहरुले ब्याजदर घटाउन सुरु गरिसकेका छ्न । तरलताको समस्या समाधानसँगै बैंकहरुबीच सेयर कर्जामा तीब्र  प्रतिस्पर्धा सुरु भइसकेको छ । आउँदा दिनहरू वित्तीय क्षेत्रको समस्या समाधान हुने  तथा बजारका लागि आधुनिक पूूर्वाधार संचालनमा आउनेछन् । नेपाल रास्ट्र बैंक र बिमा समितिले थप बित्तिय संस्था खोल्ने अनुमति रोक्नुु, हाल कायम वित्तीय संस्थाहरुलाई मर्ज गर्ने रणनीति लिनु,  बित्तीय संस्थाहरुको चुक्तापँुजी वृद्धिसँगै झन् झन् बलिया हुँदै जानू,  धेरै कम्पनीहरुले सकारात्मक वित्तीय विवरण पस्किसकेको अवस्था आदि सेयर बजारका लागि उर्जा बन्नसक्छन् । यसले बजारलाई आगामी दिनमा बढाउन सहयोग गर्नसक्छ ।

८. ब्रोकरलाई मार्जिन ट्रेडिङ र डिलरसीप सेवा दिनेः  ब्रोकर कम्पनीहरुलाई सेयर धितो राखेर लगानीकर्ताहरुलाई ऋण दिने  सुविधा मार्जिन ट्रेडिङ र सेयर बजार सम्बन्धी काम गर्ने डिलरसिप दिने कुरा आइरहेको छ । यो सुविधा ब्रोकर कम्पनीहरुले पाए पछि लगानी कर्ताहरुलाई सेयर कारोवार गर्न धेरै सजिलो हुनेछ । यसले समेत बजारलाई बलियो बनाउन सहयोग गर्नेछ ।








९. नेपाल धितोपत्र बोर्डले विभिन्न राम्रा नीति ल्याइरहेको छ । बोर्डले आगामी बर्षको योजनामा विभिन्न कार्यक्रमहरु जस्तै, सेयर कारोवारका गतिविधिलाई सहज बनाउन क्षेत्रीय कार्यालय खोल्ने, धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठान स्थापना, ब्रोकर कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने आदि राम्रा कार्यहरुको घोषणाले नेपाली सेयर बजारको भबिष्य उज्वल देखाउँछ । 




१०. माथि उल्लेखित कार्यक्रमहरुबाहेक नियामक निकायहरुले निम्नलिखित कार्यहरू अगाडि बढाउनु पर्छ भनेर चौतर्फी रुपबाट दबाब सिर्जना दिने काम भइरहेको छ ।  जस्तैः 


  1. अहिलेको आपूर्ति थेग्न दिगो संयन्त्रको विकास गर्ने ।
  2. वास्तविक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा भित्र्याउने ।
  3. सेयर शिक्षा प्रबद्र्धनका लागि सरकार तथा नियामक निकायले ब्यवहारिक तालिमको ब्यवस्था गराउँदै सेयर बजारको महत्व सर्वसाधारणलाई बुझाउने ।
  4. विद्यालय र विश्वविद्यालयहरुको पाठ्यक्रममा सेयर बजारको बिषयमा ज्ञान दिने गरी सामाग्री समेट्ने ।
  5. विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई बचतको महत्वको जानकारी गराउँदै सेयर बजारमा लगानी गर्न उत्प्रेरित गर्ने । विद्यार्थी कालदेखि नै पोर्टफोलियो बनाउन सिकाउने । 
  6. गाउँ–गाउँसम्म सेयर किनबेच गर्नसक्ने संयन्त्र विकास गर्न ब्रोकर कम्पनी तथा बैंकहरुलाई संघीय संरचना अनुसार गाउँ केन्द्रित गराउने । 





अतः अहिले सेयर बेचेर बजारबाट भाग्ने समय हुँदै होइन, भविष्यमा सुनको अण्डा दिने कम्पनीहरु, जसको अहिले सेयर मूूल्य अन्डर भ्यालु छ । धेरै राम्रा बाणिज्य बैंकहरुको सेयर मूूल्य अहिले अन्डर भ्यालुमा छन् । यस्ता कम्पनीको सेयर किनेर बस्ने उपयुक्त बेला नै यही हो । यस्तो मौका फेरि फेरि आउँदैन, समयमै सेयर किनौं, दुर्लभ अवसर खेर नफालौं ।




:Bizshala






























Post a Comment

0 Comments

Comments

close