आयकर ऐन २०५८ को दफा ४ बमोजीम आयकरको गणनामा दफा १२ बामोजीम कर छुट सम्बन्धी ब्यवस्था के हो ?

आयकर ऐन २०५८ को दफा ४ बमोजीम आयकरको गणनामा दफा १२ बामोजीम कर छुट सम्बन्धी ब्यवस्था के हो ? (According to Section 4 of the Income Tax Act 2058, what is the tax exemption provided under Section 12 in the calculation of income tax ?)

आयकर ऐन २०५८ बमोजीम कर छुट पाएका सँस्थाहरुलाई दीइएको चन्दा उपहार आयकर गणना गर्दा घटाउन पाउने ब्यवस्था सो ब्यवस्थामा कर कायार्लय वा बीभाग बाट कर छुट पाउने संस्थाकाेरूपमा स्विकृती प्राप्त गरेकाे हुनुपर्दछ । कुनै आय बर्षमा घटाउन पाउने खर्च एक लाख रुपयाँ वा त्यस्ता ब्यक्तीको उक्त बर्षकाे समायोजीत कर योग्य आयको पाच प्रतीशत (5%) मध्ये जुन घटी हुन्छ त्यो भन्दा बढीनहुने गरी गणना गर्न पाईन्छ। र कुनौ खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकेको कुनै कार्यकाे लागि कुनै व्पक्तीले खर्च गरेकाे वा चन्दा दिएकाे रकम साे व्यक्तीकाे आयनीर्धारण गर्दा खर्च बापत पुर्ण वा अांशीक रूपमा छुट दावी गर्न पाउने गरी ताेक्न सक्नेछ ।  यस व्यवस्था अन्तर्गत चन्दा  उपहार खर्च छुट दावी गर्न  वीभाग (कार्यालय) बाट स्वीकृत प्राप्त कर छुट पाउने संस्था लाई दीएको हुनुपर्दछ। विशेष गरी कर छुट पाउने  संस्थामा पराेपकारी संस्था, धार्मिक संस्था साथै सामाजिक कार्य गर्ने NGO हुन  सक्छन ।








कर छुट पाउनेसंस्था भनेको के हो ?
आयकर ऐन २०५८ को दफा २ को खण्ड (ध) बमोजीम को छुट पाउने संस्था जसको उद्देश्य नाफा नकमाउने सार्वजनीक प्रकृतीका सामाजीक, धार्मीक, शैक्षिक वा पराेपकारी संस्था जसलाई कर छुट पाउने संस्था भनीन्छ। र त्यस संस्थाका सदस्यहरुले लाभ नलिने गरी सामाजीक वा खेलकुद सम्बन्धी सुवीधा प्रवर्द्द्न गर्ने उद्देश्यले गठन भएका अव्यवसायि (एमेच्याेर), खेलकुद संस्था र निर्वाचन आयाेगमा दर्ता भएको राजनीतीक दललाई समेत समेट्दछ। 





















कर छुट पाएको संस्थालाई दिएको चन्दा उपहारलाई आय गणना गर्दा कसरी खर्च कट्टी गर्न सकिन्छ ?
आयकर ऐन २०५८ को दफा १२ अनुसार चन्दा बापत खर्च गरीएको रकमलाई कुनै ब्यक्तीले कुनै आय बर्षमा  आफ्नो कर योग्य आय गणना गर्दा विभाग बाट स्वकृत प्राप्त कर छुट पाउने सस्था लाई चन्दा उपहार दिएकाे रकम घटाउन दाबि गर्न सक्नेछ । उक्त दफा बमाेजिम कुनै अाय बर्षमा घटाउन पाउने खर्च एक लाख रुपयाँ वा त्यस्ता ब्यक्तीको उक्त बर्षकाे समायोजीत कर योग्य आयको पाच प्रतीशत (5%) मध्ये जुन घटी हुन्छ त्याे भन्दा बढी नहुने गरी घटाउन सकिने छ । (समायाेजित करयाेग्य अाय भनेकाे अायकर गणना गर्दा एेनले व्यवस्था गरेकाे स्विकृत अवकासकाेष, सामाजिक सुरक्षा काेष, बिमा बापतकाे घटाउन पाउने जति रकम घटाएर बाँकि रहेकाे रकमलार्इ समायाेजित करयाेग्य अाय भनिन्छ । आयकर ऐन २०५८ को दफा २ काे खण्ड (कन१) अनुसार कुनै अाय बर्षकाे करयाेग्य अायकाे गणना गर्दा दफा १२ बमाेजिम कुनै रकम नघटाइ तथा दफा १४ काे उपदफा २ र दफा १७ वा १८ बमाेजिम कट्टि नगरी गणना गरीएकाे करयाेग्य अाय हुनेछ) 



चन्दा उपहार बापत रकम छुटको लागी दाबी गर्न निम्नानुसार प्रकृया पुरा गर्नु पर्दछ।
-कर छुट प्राप्त संस्था हो र नवीकरण गरेको प्रमाण पेस गर्नुपर्दछ (कर छुट प्राप्त सस्थांले आर्थिक बर्ष समाप्त भएको छ (६) महीना भीत्र नवीकरण गरेको हुनुपर्दछ)।
-चन्दा उपहार दीएको प्रमाण (रसीद) ।
-दीएको चन्दा घटाउन दाबी गरेमा आय विवरण बुझाउनु  (अाय विवरण पेश गर्नु) पर्दछ ।

उदाहरण काे लागिः मानाैँ राममणि XYZ Company मा कार्यरत कर्मचारी रहेछन र  निजले संस्थाबाट  निम्नानुसार तलब, भत्ता र सुबिधा प्राप्त गर्छन ।
अा. तलब ः ५००००
बाेनस ः ५०००
भत्ता तथा सुबिधा ः ३३०००
चाडपर्व भत्ता ः ५००००
कर्मचारी सञ्चय काेषमा  नियम बमाेजिम रकम याेगदान गर्दारहेछन ।
 राममणिले कर छुट प्राप्त संस्थालाइ रू ५०००० चन्दा दिएका रहेछन ।
गणनाकाे तरीका यस्ताे हुनेछ ।


Fiscal Year 2078/079 Update:




Post a Comment

0 Comments

Comments

close